बगैंचा सगैं उजाडियो लालवहादुरको सपना
रामेछाप – हेर्दै रहर लाग्दो गरी फलेका जुनारका दाना अव लालवहादुरले आफ्नै बगैंचामा हेर्न ख्यै कति समय पर्खनु पर्ने हो ? यो पटक उनको रहर लाग्दो वगैंचा आगोले खरानि वनाईदियो । डडेलोले वगैंचा खायो , अनि वगैंचासगै लालवहादुरको रहर अनि सपना पनि उजाडियो ।
अरुको बगैंचामा जुनारको दानाले आकार लिनै लागेको बेला ओख्रेनीका जुनार किसान लालवहादुर तामाङको बगैंचा भने डडेलोका कारण खङ्ग्र सुकेको छ । वगैंचा सगैं तामाङको जुनारबाट व्यवसायीक आर्जन गर्ने सपना पनि सकिएको छ । ‘ख्यै कति बर्षलाई हो थाहा छैन, मलाई डडेलोले सडकमा ल्याईदियो ’ तामाङले निशाखा पोखे ।
‘केहि होला भन्ने बेलामा मेरा लागि महाविपत्ति लाग्यो ’ जुनार किसान लालवहादुर तामाङले सुनाए । केहि दिन अघी रामेछाप नगरपालिका ६ ओख्रेनीमा रहेको उनको बगैंचाका हरिया जुनारका अधिकांश रुख सक्ने गरी डडेलो लाग्यो । नजिकैको सिलिङ्गे चेप्टेढुङ्गा सामुदायिक बन बाट सल्किएको डडेलोले जुनार वगैंचा भेटेपछि आसपासका बासिन्दा निभाउन जुटे , तर सकेनन । हेर्दा हेर्दै व्यवसायीक जुनार वगैंचामा रहेका ३ सय २० बोट जुनारका उत्पादन दिने रुख डढेर सकिए । रहर लाग्दा जुनारका चिचिला दाना डडेलो सगैं विलाएर गए । अरु फलफुलका विरुवा पनि त्यहि आगोको लप्काले खाईदियो । अहिले वगैंचा उजाडिएको छ । वगैंचाका सुकेको देखेपछि तामाङ बेला बेलामा भक्कानिन्छन् – मेरो सपना आगोले सक्यो ।
यो दानाको विकास हुने बेला थियो । यो बर्ष धेरै राम्रो संग जुनारमा चिचिला लागेको वताउने तामाङ भन्छन् – भाग्यमा रहेनछ, यसै बर्ष धेरै पैसा आउला भन्ने आशा थियो , खेर गयो । एउटा रुखमा फलेको जुनारको फल विक्री गर्दा बढीमा ५ हजार कमाउने उनको लक्ष्य थियो । मैले बार्षिक १० लाख जुनार विक्री बाट कमाउने सोच वनाएको थिए तामाङ भन्छन् – सवै खरानी भयो ।
‘अव त्यस्तो वगैंचा देख्नका लागि मैले एक दसक काम गर्नुपर्ने छ’ तामाङ भन्छन् – मेरा जुनारको रुखमा रहर लाग्दा चिचिला फर्काउनका लागि मैले सहयोगको अपेक्षा गरेको थिए, तर पाइरहेको छैन । डडेलोले वगैंचा सकेपछि उनी रामेछाप नगरपालिका, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा पुगेर सहयोगको आचना गरे । तर अफसोच उनले सोचेको सहयोग या क्षतिपूर्ति पाएनन । घर डडेको भए, सरकारले राहत दिन्थ्यो तामाङ भन्छन् – मेरो त जिवनको बाच्ने आधार जलेको थियो, कतै बाट सहयोग पाईने संकेत मिलेन । डडेलोले तामाङ सगै जोडिएको फत्तवहादुर खड्काको बगैंचामा समेत क्षति पुगेको छ । उनको केहि बोट मात्र जलेका छन् ।
रामेछाप नगरपालिकाको ओख्रेनी जुनारको व्यवसायीक खेति भएको क्षेत्र हो । उक्त क्षेत्रका किसानले जुनार फल बाट बार्षिक १५ लाख सम्म कमाउने गरेका छन् । चालिसको दसक देखि व्यवसायीक जुनार खेति हुदै आएको उक्त क्ष्ँेत्रको जुनार फलफलका पारखीहरुले धेरै रुचाउनेमा पर्ने गरेको छ । प्रति केजि ७० रुपैया“मा किसानले बगैंचामानै जुनार विक्री गर्न थालेका छन् । सडक सुविधाका कारण किसानको वगैंचामानै पुगेर जुनार खरिद गर्ने व्यवसायीले बाह्य वजार पु¥याउदा उक्त जुनारको प्रति केजि ९० देखि १ सय सम्म लिने गरेको तामाङले वताए । ठुला शहरहरुमा पुग्दा अझ माथि मूल्यमा रामेछापको जुनार खरिद विक्री हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङले कृषि तथा फलफुल बालिमा प्राकृतिक प्रकोपबाट क्षति पुगेमा सामान्य क्षतिपूर्ति दिने व्यवस्था रहेको वताईन । उनले डडेलोबाट जुनार वगैंचामा धेरै क्षति पुगेको तर सरकारले दिने रकम न्यून हुने भएकाले किसानले आशा गरेको क्षतिपूर्ति नपुग्ने वताईन ।
स्थानीय सरकारको रुपमा रहेको रामेछाप नगरपालिकाले डडेलोबाट जलेको जुनार वगैंचाका धनिलाई उचित क्षतिपुर्ति दिनका लागि कार्यपालिकाको निर्णय हुनु पर्ने जनाएको छ । ‘किसानलाई परेको समस्याको बारेमा कार्यपालिकाको बैठकमा राखेर छलफल गराउने तयारीमा छु ’ रामेछाप नगर प्रमुख लबश्री न्यौपानेले वताए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ महासंघ रामेछापको बार्षिक साधारण सभा
- २ नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति सर्वसहमतिमा चयन
- ३ धोवि बाट दुई दिन देखि वृद्ध बेपत्ता
- ४ यातायात समितिद्वारा मृतकका परिवारलाई रकम हस्तान्तरण
- ५ मध्यरातमा मन्त्री पाण्डेद्वारा विमानस्थल अवलाेन
- ६ बिजुली बत्ति बाल्नबाट काेही नागरिक बन्चित हुनु पर्दैन: राज्यमन्त्री तामाङ
- ७ फर्पु सुमाे दुर्घटना :अपडेट
- ८ रामेछापको फर्पुमा सुमाे दुर्घटना हुदा वडा अध्यक्ष सहित ५ जनाकाे मृत्यु
प्रतिक्रिया दिनुहोस