महासंघ रामेछापको बार्षिक साधारण सभा
रामेछाप – नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको २० औं बार्षिक साधारण सभा सोमबार मन्थलीको फ्रिडम रिसोर्टमा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाले शाखाका सचिव तुल्सीदेवि श्रेष्ठद्धारा प्रश्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष युवराज श्रेष्ठद्धारा प्रश्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । जिल्ला शाखामा स्थापीत दुई पुरस्कार कोषको कार्यविधिलाई समेत बार्षिक साधारण सभाले पारित गरी लागू गरेको छ ।
साधारण सभालाई संवोधन गर्दै अध्यक्ष नयाँघरेले आफ्नो कार्यकालमा पत्रकारहरुको आन्दोलनका कारण कतिपय योजनाहरु कार्यान्वयन गर्न समस्या आएको भन्दै आगामी दिनमा आउने नेतृत्वले महासंघलाई उर्जाशिल वनाएर लैजान आग्रह गरेका थिए ।
यसैविच महासंघ जिल्ला अधिवेदको तयारीमा जुटेको छ । जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चुन्नेछ । शाखाको नेतृत्व चयनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस