महासंघ रामेछापको बार्षिक साधारण सभा

रामेछाप – नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको २० औं बार्षिक साधारण सभा सोमबार मन्थलीको फ्रिडम रिसोर्टमा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाले शाखाका सचिव तुल्सीदेवि श्रेष्ठद्धारा प्रश्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष युवराज श्रेष्ठद्धारा प्रश्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । जिल्ला शाखामा स्थापीत दुई पुरस्कार कोषको कार्यविधिलाई समेत बार्षिक साधारण सभाले पारित गरी लागू गरेको छ ।
साधारण सभालाई संवोधन गर्दै अध्यक्ष नयाँघरेले आफ्नो कार्यकालमा पत्रकारहरुको आन्दोलनका कारण कतिपय योजनाहरु कार्यान्वयन गर्न समस्या आएको भन्दै आगामी दिनमा आउने नेतृत्वले महासंघलाई उर्जाशिल वनाएर लैजान आग्रह गरेका थिए ।
यसैविच महासंघ जिल्ला अधिवेदको तयारीमा जुटेको छ । जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चुन्नेछ । शाखाको नेतृत्व चयनका लागि बुधबार मनोनयन दर्ता गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस