रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त
रामेछाप — रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ मसानटारमा आज बिहान भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ ।
उक्त दुर्घटनाबाट पुग्न गएकाे मानविय क्षेतिप्रति नेपाली काँग्रेस रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उमेदवार खड्काले विज्ञप्ति मार्फत दुर्घटनामा ज्यान गुमाएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
खड्काले यस्ता दुर्घटनाहरूले समाजलाई गहिरो पीडा दिने उल्लेख गर्दै यातायात सुरक्षाका विषयमा सम्बन्धित निकायको गम्भीर ध्यान जानुपर्ने बताएका छन्। दुर्घटनाका कारणहरूको यथाशीघ्र छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र सहयोग उपलब्ध गराउन उनले सम्बन्धित निकायसँग माग गरेका छन् ।
विज्ञप्तिमा उनले यस दुःखद घडीमा नेपाली काँग्रेस रामेछाप पीडित परिवारको साथमा सधैं रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- २ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ३ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ४ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ५ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ६ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ७ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ













प्रतिक्रिया दिनुहोस