रामेछापका रामचन्द्र मतदाता भेटघाटमा
रामेछाप — नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले चुनावी अभियान अन्तर्गत मतदाता भेटघाटका सुरु गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै खड्काको घरदैलो अभियान सोमबारदेखि खाँडादेवी गाउँपालिका–३ सित्खाबाट औपचारिक रूपमा सुरु भएको हो।
घरदैलोका क्रममा उम्मेदवार खड्काले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै काँग्रेसका नीति, कार्यक्रम र प्रतिबद्धता प्रस्तुत गरेका छन्। उनले विगतमा जिल्लामा भएका विकासका कामको समीक्षा गर्दै आगामी दिनमा सुशासन, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। भेटघाटका क्रममा स्थानीय मतदाताले विकास, सुशासन र राजनीतिक स्थायित्वका लागि नेपाली काँग्रेसको विकल्प नभएको प्रतिक्रिया दिएका छन्।
लोकतन्त्र, समावेशी विकास र जनताको अधिकार संरक्षणका लागि काँग्रेसले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उम्मेदवार खड्काले जनताको विश्वास र समर्थनका आधारमा निर्वाचनमा विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस