पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
रामेछाप — पत्रकार मात्रिका पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकारितामार्फत पुष्पलालकाे याेगदान इतिहासकाे सन्दर्भमा कलम चलाएर पुष्पलालकाे विचारकाे उजागरमा महत्त्वपूर्ण भूमिका खेलेकाे नेपाल प्रेसका प्रधान सम्पादन पैडेललाई उक्त पुरस्कार प्रदान गरिएकाे हाे ।
पुष्पलालकाे ४८ ओैं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पौडेललाई नगद २५ हजार सहित सम्मान गरिएको हो । प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको उक्त पुरस्कार पत्रकारिताको क्षेत्रमा योगदान पुर्याउने पत्रकारलाई प्रदान गरिएकाे हाे । लामो समयदेखि खोजमूलक र निष्पक्ष पत्रकारितामा सक्रिय पौडेलले सामाजिक, राजनीतिक तथा विकास निर्माणका मुद्दालाई निरन्तर उठाउँदै आएका छन् । विभिन्न सञ्चारमाध्यममा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका पौडेल हाल नेपाल प्रेस डटकमका प्रधान सम्पादक छन् ।
।
सम्मान ग्रहणपछि पौडेलले पुरस्कारले आफूलाई पत्रकारिता क्षेत्रमा अझ जिम्मेवार र निष्ठापूर्वक लाग्न प्रेरणा मिलेको बताए । ‘पुष्पलालजस्ता महान् नेताको नाममा स्थापित पुरस्कार पाउनु मेरो लागि ठूलो गौरवको विषय हो,’ उनले भने, ‘यसले मेरो व्यावसायिक यात्रामा अझ ठूलो दायित्व थपिएको महसुस गरेको छु ।`
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षता तथा प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीका महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
क्याटेगोरी : राजनीति, विविध, समाचार
ताजा अपडेट
- १ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- २ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ४ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ५ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ६ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ७ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ८ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ













प्रतिक्रिया दिनुहोस