लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालकलाई पक्राउ गरेको छ। बढ्दो सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मन्थली नगरपालिका–१ रामनारायण चोकमा सार्वजनिक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँच गरिएको थियो। जाँचका क्रममा लागू पदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि दुई चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका–२ डाँडागाउँका दाेलखाका ३७ वर्षीय सन्जु कार्की रहेका छन् । कार्की बा.प्र. ३–०१–००५ ख ९५०७ नम्बरको बसका चालक हुन्। त्यस्तै,कमलामाई नगरपालिका–११ ठूलो तेर्से सिन्धुलीका २२ वर्षीय सुरेश माेक्तान पक्राउ परेका छन्। माेक्तान मधेस प्रदेश ०३–००१ त ९९३८ नम्बरको ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालकहरूलाई रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन जाँचलाई निरन्तरता दिने जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस