• काेसिस न्यूज
  • रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित


    रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट भाद्र महिनाको सर्वाेत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले २०८३ साल भदौ महिनाका लागि जैसवारलाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषणा गरेको हो । प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले असोज २ गते प्रशंसापत्र जारी गर्दै जैसवारलाई उत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।

    जैसवारको नेतृत्वमा रामेछाप प्रहरीले २०८२ साल भदौमा विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएकाे ,चाेरीमा संलग्न गिराेह पत्ता लगाएर पक्राउ गर्न सफल हुनुका साथै फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका फरार १० जना प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना असुल गर्ने कार्यमा उल्लेखनीय भूमिका खेल्नुका साथै संगठनकाे नीति निर्देशनअनुसार आफ्नो पदीय जिम्मेवारी र कर्तव्यलाई पूर्ण व्यावसायिकताका साथ महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जैसवारलाई उत्कृष्ट प्रहरी घाेषित गरेकाे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्लामा अपराध रोकथाम तथा नियन्त्रणका लागि आत्महत्या रोकथाम, जबरजस्ती करणी, घरेलु हिंसा, चोरी, महिला हिंसा, मानव बेचबिखन, लागुऔषध दुव्र्यसनी न्यूनीकरण, लैंगिक हिंसा, बैंकिङ कसुर र साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षाको अवस्था सबल बनाउन योगदान पुर्‍याएको प्रशंसापत्रमा उल्लेख छ ।

    प्रदेश प्रहरी कार्यालयले जैसवारले गरेको कार्यसम्पादनको कदर गर्दै २०८३ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरिएको जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस