आर्थिक रुपमा महिला सबल हुनसके हिंसा न्यूनिकरण हुन्छ
रामेछाप – लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत मंगलबार भएकाे कार्यक्रममा लिखुतामाकाेशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रीनले आर्थिक रुपमा महिला सबल हुन सके हिंसाकाे घटनाहरु घट्ने बताएकी छिन् ।
प्रविधिकाे सहि प्रयाेग गराैं : लैंगिक हिंसा अन्त्य गराैं भन्ने मुल नारा सहित आजबाट सुरु भएकाे लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत भएकाे अन्तरक्रिया कार्यक्रममा पालिकाकी उपाध्यक्ष पाख्रीनले आर्थिक परनिर्भरता हिंसाकाे मुख्य कारण भएकाे बताईन् । उनले पालिकाका महिलाहरूलाइ सीप सिक्न , आर्थिक उपार्जनमा लाग्न अनुराेध गरेकी छन् ।
सभ्य समाज निर्माणमा महिलाकाे पनि भहत्वपुर्ण भूमिका हुने हुदा महिलाहरुले आफ्नाे अधिकारसँगै जिम्मेवारी , दायित्व तथा कर्तव्य निर्वाह गर्नुपर्ने बताउदै महिलाहरुकाे आर्थिक उपार्जनका लागि पालिकाले विभिन्न कार्यक्रमहरु समेत गरिरहेकाे जानकारी गराएइन् ।
यस्तै गरि कार्यक्रममा ईलाका प्रहरी धाेबीका प्रमुख प्रहरी निरक्षक सुजन लामाले लैंगिक हिंसा सम्बन्धि कानुनी व्यवस्था , हिंसा हुनुकाे कारण र कानुनी उपचारका विषयमा जानकारी दिएका थिए । त्यसैगरी पत्रकार ज्ञानु श्रेष्ठले लैंगिक समता, समानता तथा सामाजिक समावेशीकरण विषयमा प्रस्तुति गरेकी थिइन् ।
कार्यक्रममा सहभागीहरुले तुलनात्मक रुपमा हिंसाका घटना कम हुने गरेकाे बताए । यस्तै सचेतिकरण तथा सशक्तीकरण कार्यक्रमहरु हुन थालेपछि गाउँमा हिंसाका घटना कम हुन थालेकाे र जनताकाे चेतना स्तरमा वृद्धि भएकाे बताएका थिए ।यस्ताे किसिमकाे कार्यक्रमले गाउँमा सकारात्मक प्रभाव परेकाे बताए ।
पालिकाकाे महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयाेजना गरेकाे कार्यक्रममा पालिका भरिका , महिला संजाल ,स्वास्थ्य स्वयमसेविका, सराेकारवाला व्यक्ति ,जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- २ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ३ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ४ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ५ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ६ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ७ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ













प्रतिक्रिया दिनुहोस