राति १० बजेपछि देउसी खेल्न नपाइने
रामेछाप – तिहार पर्वका अवसरमा खेलिने देउसी भैलाे रामेछाप जिल्लामा राति १० बजेपछि खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापकाले राति १० बजेपछी देउसी भैंलाे खेल्न राेक लगाएकाे हाे ।
प्रशासनले तिहारलाई शान्तिपूर्ण रुपमा मनाउनका लागि मदिरा सेवन नगरी सभ्य ढङ्गले देउसी–भैंलो खेल्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार पर्वको अवसरमा कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले शान्तिसुरक्षा विशेष ध्यान दिइएको बताए ।
“संस्कृति र परम्पराको जगेर्ना गर्दै चाडपर्व मनाउँदा शान्ति–सुरक्षामा कुनै असर नपरोस् भन्ने हाम्रो चाहना हो,” थापाले भने, “राति १० बजेपछि देउसी खेल्न नपाइने व्यवस्था त्यही सावधानीका लागि गरिएको हो।”
नेपालमा विशेष पर्वका रूपमा मनाइने तिहारमा लक्ष्मी पूजादेखि भाइटीकासम्म विभिन्न संघ–संस्था, समूह तथा क्लबहरूले देउसी–भैंलो खेल्दै सामाजिक सन्देश प्रवाह गर्ने गर्छन्।
प्रशासनले सुरक्षाको पूर्ण प्रत्याभूति हुनेगरी आवश्यक तयारी पूरा गरिएको जनाएको छ। साथै, कुनै पनि शंकास्पद वा अप्रिय घटना देखिएमा नजिकको प्रहरी कार्यालयलाई तुरुन्त जानकारी दिन सबै नागरिकलाई अनुरोध गरिएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस