• काेसिस न्यूज
  • रामेछापमा भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थीत बसोवासी ३ हजार २ सय ३४


    रामेछाप – रामेछापमा जिल्लामा भूमिहिन ,सुकुम्बासी तथा अव्यवस्थीत बसोवासीहरुको संख्या ३ हजार २ सय ३४ परिवार रहेको भूमि समस्या समाधान आयोग जिल्ला कार्य समिति रामेछापले जनाएकाे छ ।

    आयाेग रमेछापले संकलन गरेको तथ्याङ्क अनुसार भूमिहीन दलित १५ ,भूमिहीन सुकुम्बासी १०७ र अव्यवस्थीत बसोवासी ३ हनार १ सय १२ रहेका छन् ।

    जसमध्ये हाल सम्म आयोगले १ हजार ७ सय ९१ परिवारलाई निस्सा वितरण गरेको छ । जसमा रामेछाप नगरपालिकामा ५०५, खाँडादेवि गाँउपालिकामा २१२ , सुनापतिमा ३३ , दोरम्बामा १९६, लिखुतामाकोसीमा १४०, गोकुलगंगामा ४२९ र उमाकुण्डमा २७६ गरि १ हजार ७९१ परिवारलाइ निस्सा वितरण गरिएकाे आयाेग रामेछापका अध्यक्ष गाैतम लामाले बताए ।

    भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थीत बसोवासीहरुको आवेदन तथा तथ्याङ्कका आाधारमा आयोगको मापदण्डमा परेकाहरुलाइ निस्सा वितरण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

    आयोगले कुनैपनि नागरिक भूमिविहीन हुन नपरोस भनेर उक्त कार्य सुरु गरेकाे हाे ।

    भूमिहीनहरुका लागि उपलब्ध गराउने जग्गामा आयोगले तोकेको राजस्व बुझाउनु पर्ने व्यवस्था गरेको छ । जसमा कुषी प्रयोजनका लागि ३ रोपनि ५ आना सम्म तोकीएको मूल्यको ५ प्रतिशत रकम राजस्व् बुझाउनु पर्ने र त्यस भन्दा बढी जग्गा लिएमा १० प्रतिशत रकम राजस्व बुझाउनु पर्ने व्यवस्था रहेको छ ।

    त्यसैगरी आवस प्रयोजनका लागि तोकिएको मुल्यको १० प्रतिशत रकम राजस्व तिरेर मात्र लिन सकिने व्यवस्था रहेको आयोगका जिल्ला अध्यक्ष लामाले जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस