रामेछापमा भूमिहीन ,सुकुम्बासी तथा अव्यवस्थीत बसोवासी ३ हजार २ सय ३४
रामेछाप – रामेछापमा जिल्लामा भूमिहिन ,सुकुम्बासी तथा अव्यवस्थीत बसोवासीहरुको संख्या ३ हजार २ सय ३४ परिवार रहेको भूमि समस्या समाधान आयोग जिल्ला कार्य समिति रामेछापले जनाएकाे छ ।
आयाेग रमेछापले संकलन गरेको तथ्याङ्क अनुसार भूमिहीन दलित १५ ,भूमिहीन सुकुम्बासी १०७ र अव्यवस्थीत बसोवासी ३ हनार १ सय १२ रहेका छन् ।
जसमध्ये हाल सम्म आयोगले १ हजार ७ सय ९१ परिवारलाई निस्सा वितरण गरेको छ । जसमा रामेछाप नगरपालिकामा ५०५, खाँडादेवि गाँउपालिकामा २१२ , सुनापतिमा ३३ , दोरम्बामा १९६, लिखुतामाकोसीमा १४०, गोकुलगंगामा ४२९ र उमाकुण्डमा २७६ गरि १ हजार ७९१ परिवारलाइ निस्सा वितरण गरिएकाे आयाेग रामेछापका अध्यक्ष गाैतम लामाले बताए ।
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थीत बसोवासीहरुको आवेदन तथा तथ्याङ्कका आाधारमा आयोगको मापदण्डमा परेकाहरुलाइ निस्सा वितरण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
आयोगले कुनैपनि नागरिक भूमिविहीन हुन नपरोस भनेर उक्त कार्य सुरु गरेकाे हाे ।
भूमिहीनहरुका लागि उपलब्ध गराउने जग्गामा आयोगले तोकेको राजस्व बुझाउनु पर्ने व्यवस्था गरेको छ । जसमा कुषी प्रयोजनका लागि ३ रोपनि ५ आना सम्म तोकीएको मूल्यको ५ प्रतिशत रकम राजस्व् बुझाउनु पर्ने र त्यस भन्दा बढी जग्गा लिएमा १० प्रतिशत रकम राजस्व बुझाउनु पर्ने व्यवस्था रहेको छ ।
त्यसैगरी आवस प्रयोजनका लागि तोकिएको मुल्यको १० प्रतिशत रकम राजस्व तिरेर मात्र लिन सकिने व्यवस्था रहेको आयोगका जिल्ला अध्यक्ष लामाले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- २ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ३ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ४ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ५ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ६ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ७ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ८ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना













प्रतिक्रिया दिनुहोस