पिङ्खुरीका पुर्व वडाअध्यक्ष सहित ठुलाे संख्यामा एमाले परित्याग गर्दै कांग्रेस प्रवेश
रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका–९ पिँङ्खुरीमा नेकपा एमाले परित्याग गरी ठूलो संख्यामा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पूर्व वडा अध्यक्षको नेतृत्वमा एमालेका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस रामेछापका प्रतिनिधिसभा उम्मेदवार रामचन्द्र खड्काको चुनावी प्रचार तथा घरदैलो कार्यक्रमअन्तर्गत आइतबार पिँङ्खुरीमा आयोजित कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेसका अनुसार एमाले परित्याग गरी पार्टी प्रवेश गर्नेहरूमा पूर्व वडा अध्यक्ष सुवास भण्डारीसहित करिब ४० जना रहेका छन्।
नवप्रवेशी कार्यकर्ताहरूलाई उम्मेदवार खड्का तथा पार्टी कार्यवाहक जिल्ला सभापति नवराज थाेकरले खादा लगाएर स्वागत गरेका थिए। सो अवसरमा उम्मेदवार खड्काले अन्य दलबाट निरन्तर कार्यकर्ता कांग्रेस प्रवेश गरिरहेको भन्दै यसले निर्वाचनमा सहज जित सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- २ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ३ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ४ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ५ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ६ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ७ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ













प्रतिक्रिया दिनुहोस