सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारको निरन्तरताका लागि आवश्यक राजनीतिक पहल गर्ने जिम्मेवारी संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई दिएको छ।
संसदीय दलको बैठकले नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रदेश सभामा रहेका सबै राजनीतिक दलसँग लिखित तथा मौखिक संवाद र समन्वय गरी समर्थन जुटाउने जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई दिएकाे हो। यसका लागि आवश्यक समन्वय केन्द्रीय नेतृत्वसँग समेत गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। ७९ वर्षीय श्रेष्ठको साउन १२ गते ललितपुरस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उपचारका क्रममा निधन भएको उल्लेख गर्दै बैठकले उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःख सहने शक्ति प्रदान होस् भन्ने कामना गरिएको छ।
त्यसैगरी, कोशी प्रदेशको सुनसरी जिल्लाको देवानगञ्ज–कचनागञ्ज क्षेत्रमा भएको दुःखद घटनाप्रति पनि बैठकले दुःख व्यक्त गरेको छ। घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको छ। बैठकले थप हिंसा र क्षति हुन नदिन सबै पक्षलाई धैर्य, संयम र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न, परिस्थितिलाई थप बिग्रन नदिन तथा आवश्यक समन्वय र पहल गर्न संघीय सरकारसँग सहकार्य गर्न बागमती प्रदेश सरकारलाई समेत अनुरोध गरेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस