नापी कार्यालय रामेछापको सेवा प्रवाहमा नयाँ अभ्यास, सेवाग्राहीले आफ्नाे आफै हेर्न सक्ने
रामेछाप – नापी कार्यालय रामेछापले सेवाग्राही लक्षित आधुनिक र पारदर्शी सेवा प्रवाह शैली अपनाएको छ। सेवाग्राहीले कर्मचारीले गरिरहेको काम प्रत्यक्ष देख्न सक्ने गरी कार्यालयमा दुईतर्फी डेस्कटपको व्यवस्था गरिएको छ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अब कर्मचारीले कम्प्युटरमा के–कस्तो काम गरिरहेका छन् भन्ने कुरा आफ्नै आँखाले हेर्न सक्नेछन्। यस व्यवस्थाले सेवा प्रक्रियामा पारदर्शिता बढ्नुका साथै सेवाग्राहीको विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
कार्यालय प्रमुख देवकुमार बस्नेतका अनुसार सेवाग्राहीबाट आउने गुनासोलाई न्यूनिकरण गर्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको हो। ‘काम ढिलो भएको, काम नगरिदिएको भन्ने गुनासाे बारम्बार आउने गरेको थियो,’ उनले भने, ‘सेवाग्राहीले आफैं प्रक्रिया हेर्न पाउने भएपछि भ्रम हट्ने र विश्वास बढ्ने अपेक्षा छ।’
उक्त व्यवस्थाप्रति सेवाग्राहीहरूले समेत सन्तुष्टि व्यक्त गरेका छन्। एक सेवाग्राहीले कर्मचारीले के काम गरिरहेका छन् भन्ने कुरा सजिलै थाहा पाउन सकिने भएकाले सेवा प्रक्रिया पारदर्शी बनेको बताए। ‘काम देखिने भएपछि कार्यालयप्रति विश्वास बढ्छ,’ उनले भने।
नापी कार्यालयको यस पहलले सेवाग्राहीमैत्री र उत्तरदायी सार्वजनिक सेवा प्रवाहतर्फ सकारात्मक सन्देश दिएको छ
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- २ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ३ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ४ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ५ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ६ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ७ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ८ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार













प्रतिक्रिया दिनुहोस