विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
काठमाडौं – एसएस फाउण्डेशन काठमाडौंले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का बेला उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रहरी वृत्त नयाँबानेश्वरलाई हस्तान्तरण गरेको छ।
काठमाडौंको बत्तीसपुतलीमा आयोजित कार्यक्रममा फाउण्डेशनका संरक्षक समाजसेवी शोभित उप्रेती तथा अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी अधिकारीलाई उद्धार सामग्री हस्तान्तरण गरेका हुन्।
फाउण्डेशनले प्रहरीलाई लाइफज्याकेट, सेफ्टी हेल्मेट, लाइफरिङ (रिङ ब्वाइ) लगायतका उद्धार सामग्री उपलब्ध गराएको हो।
देशभर अविरल वर्षाका कारण बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला काठमाडौं महानगरपालिका–१० स्थित प्रहरी वृत्तलाई उद्धार सामग्री प्रदान गरिएको फाउण्डेशनले जनाएको छ।
उद्धार सामग्रीको सहयोगले विपद्का बेला खोज, उद्धार तथा राहत कार्यमा प्रहरीलाई थप सहज हुने अपेक्षा गरिएको छ। फाउण्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षाकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराउँदै समुदाय र सुरक्षा निकायबीच सहकार्यको उदाहरण प्रस्तुत गरेको जनाएको छ।
एसएस फाउण्डेशनले यसअघि पनि दोलखाको शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले शैक्षिक तथा प्रविधिसँग सम्बन्धित सामग्री वितरण गर्दै आएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- २ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ३ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ४ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ५ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ६ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ७ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ













प्रतिक्रिया दिनुहोस