कांग्रेस बागमती प्रदेशकाे निर्वाचन युवा परिचालन समिति गठन
रामेछाप — नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै बागमती प्रदेश युवा तथा स्वयंसेवक परिचालन समिति गठन गरेको छ।
प्रदेश कार्यसमितिको माघ १५ गतेको बैठकलले समितिका सदस्य प्रज्वल दवाडीलाइ संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समितिलाई जिम्मेवारी दिइएको जनाएको छ।
बागमती प्रदेशका १३ जिल्ला तथा ३३ वटै निर्वाचन क्षेत्रमा तोकिएका प्रदेश प्रतिनिधि, केन्द्रीय प्रतिनिधि, जिल्ला र क्षेत्रीय सभापतिसँग समन्वय गर्दै निर्वाचन परिचालन तथा प्रचार–प्रसार अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, पार्टीका उम्मेदवारलाई जिताउन आवश्यक सम्पूर्ण भूमिका निर्वाह गर्न समितिलाई आग्रह गरिएको छ। समितिले पार्टीको विधान, नियमावली, आदर्श, मूल्य र मान्यताअनुसार काम गर्ने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस