रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
रामेछाप — रामेछापको मन्थली नगरपालिका–१ बिटारपार्कस्थित भित्री सडकमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब ७ः४५ बजे रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४९१३ नम्बरको टाटाको योद्धा गाडी सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दोलखाको भीमेश्वर नगरपालिका–३ का करिब २८ वर्षीय सन्जित तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइएकोमा अस्पतालका चिकित्सकले राति ९ः०३ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा गाडी चालक सोही स्थानका ३० वर्षीय प्रदीप लामाको ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उनको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस