गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
रामेछाप – गाेकुलगंगा गाउँपालिका ३ काे पलाते खाेलामा पाैडि खेल्ने क्रममा गुल्मीका निर्मल प्रसाद बुढाथोकीकाे डुबेर मृत्यु भएकाे छ । बुधबार दिउसाे पाैडी खेल्न गएका उनकाे डुबेर मृत्यु भएकाे हाे ।
खिम्ति १ जलविद्युत् परियाेजनामा कार्यरत हिमाल पावर लिमिटेडका सेक्युरिटी गुल्मी जिल्ला सत्यबति गाँउपालिका ८ धार्चे घर भएका ५० वर्षीया निर्मल प्रसाद बुढाथोकीकाे गाेकुलगंगा ३ स्थित पलाते खाेलामा पाैडी खेल्न जादा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
खिम्ती १ जलविद्युत परियाेजनामा कार्यरत बुढाथोकी पलाते खाेलामा पाैडी खेल्न गएका थिए । पाैडी खेल्न गएका बुढाथोकी बेपत्ता भएपछि उनकाे खाेजी भएकाे हाे ।
प्रहरीले स्थानीय र जेसिभिकाे सहायतामा बुढाथोकीलाई मृत अवस्था खाेलाकाे १५ फिट मुनिबाट निकालिएकाे रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भाेला कुमार भट्टले जानकारी दिए ।
बुढाथोकीकाे शब पाेष्टमाटमका लागि मन्थली ल्याइदै गरेकाे र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार, समाज
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस