हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. २ मा शनिबार दिउँसो आएको हवाहुरीसहितको चक्रिय भुमरीका कारण स्थानीय बासिन्दाका घर तथा कृषि संरचनामा क्षति पुगेको छ।
मिति २०८३ साल जेठ १० गते दिउँसो करिब ४:३० बजे आएको चक्रिय भुमरीले स्थानीयहरुको घर, भान्साघर र ट्वाइलेटका छाना उडाउनुका साथै टनेलसमेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाम्तीबाट प्रहरी सहायक निरीक्षक मुक्तिनाथ खरेलको नेतृत्वमा प्रहरी टोली घटनास्थमा पुगेका थियाे । प्रहरी टोलीले जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ।
हालसम्म घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। क्षतिको विस्तृत विवरण संकलनकाे काम भइरहेकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- २ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ३ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ४ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ५ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ६ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ७ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ८ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ













प्रतिक्रिया दिनुहोस