रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता

रसुवा – नेपाल चिन समानाकाे भाेटेकाेशी नदीमा आज बिहान आएको बाढीमा परि १५ जना बेपत्ता भएका छन् भने ठूलाे धनजनकाे क्षति भएकाे छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ जना प्रहरी पनि रहेकाछन् । भने ९ जनाको उद्धार गरिएकाे बताए ।
बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। बाढी वर्षाको कारणले आएको हाे या अन्य कारणले यकिन भइसकेको छैन।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- २ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ३ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ४ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ५ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ६ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ७ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
- ८ राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण
प्रतिक्रिया दिनुहोस