रसुवामा आएकाे बाढीमा १५ जना बेपत्ता
रसुवा – नेपाल चिन समानाकाे भाेटेकाेशी नदीमा आज बिहान आएको बाढीमा परि १५ जना बेपत्ता भएका छन् भने ठूलाे धनजनकाे क्षति भएकाे छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा २ जना प्रहरी पनि रहेकाछन् । भने ९ जनाको उद्धार गरिएकाे बताए ।
बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल पनि बगाएको छ । पुल बगाएपछि नेपाल चीन सम्पर्क विच्छेद भएको छ ।
ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। बाढी वर्षाको कारणले आएको हाे या अन्य कारणले यकिन भइसकेको छैन।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस