बालमैत्री नगर घाेषणाका लागि मन्थलीले गर्याे लगानी सम्मेलन

रामेछाप – मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घाेषणाका लागि लगानी सम्मेलनकाे आयाेजना गरेकाे छ । बुधबार नगरले विभिन्न क्षेत्र समेटेर लगानी सम्मेलनकाे आयाेजना गरेकाे हाे ।
मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घाेषणाका लागि विभिन्न ५१ वटा सुचकहरु पूरा गरेर नगरका १४ वटै वडाहरुले बालमैत्री वडा घाेषणा गरिसकेकाे छ । बागमती प्रदेशकाे अनुगमन पश्चात् बालमैत्री नगर घाेषणाका लागि मन्थली नगरपालिकाले घाेषणाकाे अनुमतस पाएसँगै लगानी सम्मेलनकाे आयाेजना भएकाे हाे।
बालमैत्री नगर घाेषणामा सबै क्षेत्रकाे अपनत्व रहाेस भन्ने हेतुले लगानी सम्मेलनकाे आयाेजना गरिएकाे नगर प्रमुख लब श्रेष्ठले जानकारी दिए । उनले नगरकाे मात्र एकल प्रयासले सबै काममा सफलता प्राप्त गर्न नसकिने र सबैले आफ्नाे दायित्व बाेध गर्नु पर्ने र अपनत्व पनि ग्रहण गर्न सके सफलता प्राप्तिमा सहज हुने भएकाले लगानी सम्मेलन गरेर सबेै क्षेत्र समेन्ट खाजिएकाे बताए ।
सम्मेलनमा सहभागी विभिन्न संघ संस्था, पत्रकार , व्यापारी तथा राजनैतिक दलले बालमैत्री नगर घाेषणामा उत्साह पुर्वक लगानी गर्न तयार रहेकाे बताए ।

क्याटेगोरी : अर्थ, शिक्षा, समाचार, समाज
ताजा अपडेट
- १ दशै टीकाकाे उत्तम साइत कहिले ?
- २ आज देशभर सार्वजनिक बिदा
- ३ बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइने
- ४ सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण
- ५ रामेछाप कारागार ताेडेर कैदीले गरे भाग्ने प्रयास, नियन्त्रणमा लिनखाेज्दा २ काे मृत्यु ११ घाइते
- ६ गृहमन्त्री लेखकले दिए राजीनामा
- ७ भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा
- ८ शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल
प्रतिक्रिया दिनुहोस