बालमैत्री नगर घाेषणाका लागि मन्थलीले गर्याे लगानी सम्मेलन
रामेछाप – मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घाेषणाका लागि लगानी सम्मेलनकाे आयाेजना गरेकाे छ । बुधबार नगरले विभिन्न क्षेत्र समेटेर लगानी सम्मेलनकाे आयाेजना गरेकाे हाे ।
मन्थली नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घाेषणाका लागि विभिन्न ५१ वटा सुचकहरु पूरा गरेर नगरका १४ वटै वडाहरुले बालमैत्री वडा घाेषणा गरिसकेकाे छ । बागमती प्रदेशकाे अनुगमन पश्चात् बालमैत्री नगर घाेषणाका लागि मन्थली नगरपालिकाले घाेषणाकाे अनुमतस पाएसँगै लगानी सम्मेलनकाे आयाेजना भएकाे हाे।
बालमैत्री नगर घाेषणामा सबै क्षेत्रकाे अपनत्व रहाेस भन्ने हेतुले लगानी सम्मेलनकाे आयाेजना गरिएकाे नगर प्रमुख लब श्रेष्ठले जानकारी दिए । उनले नगरकाे मात्र एकल प्रयासले सबै काममा सफलता प्राप्त गर्न नसकिने र सबैले आफ्नाे दायित्व बाेध गर्नु पर्ने र अपनत्व पनि ग्रहण गर्न सके सफलता प्राप्तिमा सहज हुने भएकाले लगानी सम्मेलन गरेर सबेै क्षेत्र समेन्ट खाजिएकाे बताए ।
सम्मेलनमा सहभागी विभिन्न संघ संस्था, पत्रकार , व्यापारी तथा राजनैतिक दलले बालमैत्री नगर घाेषणामा उत्साह पुर्वक लगानी गर्न तयार रहेकाे बताए ।

क्याटेगोरी : अर्थ, शिक्षा, समाचार, समाज
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस