रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
रामेछाप – नेपाल अध्यापन संघ रामेछाप पहिलो जिल्ला अधिबेशनले हस्त लामाकाे अध्यक्षतामा समिति गठन भएकाे छ । मंगलबार मन्थलीमा भएकाे अधिवेशन लामा सर्वसहमतमा अध्यक्ष चयन भएका हुन ।
उक्त समितिकाे उपाध्यक्ष सुश्मा बुढाथोकी ,सचिव बेनुप राेक्का, काेषाध्यमा एलिना याेञ्जन सर्वसहमत चयन भएकाछन् भने सदस्यहरुमा हरिसदत्त जाेशी ,पवित्रा घिमिरे,उमेश बजगाई, मन्दिरा कुमारी पाैडेल , डाेल्ला घिसिङ र रिना श्रेष्ठ रहेका छन् । समितिकाे प्रमुख सल्लाहकारमा दिपक खड्का चयन भएका छन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा दिपक खड्का, सुश्मा बुढाथोकी ,मन्दिरा कुमारी पाैडेल र उमेश बजगाई रहेका छन् ।
अधिवेशन संघकाे केन्द्रीय प्रतिनिधि लाेकहरी दाहाल, शिक्षक संघकाे बागमती प्रदेश उपाध्यक्ष कमला थापा र जिल्लाका निजी तथा संस्थागत विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुकाे उपस्थिति भएकाे थियाे ।
निजि तथा संसथागत विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुकाे हक ,हित र अधिकार साथै गुणस्तरीय शिक्षाकाे लागि काम गर्ने उदेश्यले गठन गरिएकाे केन्द्रीय प्रतिनिधि लाेकहरी दाहालले बताए ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस