• काेसिस न्यूज
  • रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ


    रामेछाप – रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा वृद्ध दम्पतीलाई शरीर बन्धक बनाएर डकैती तथा चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

    चाेरीमा संलग्नलाई प्रहरीले भक्तपुरकाे विभिन्न स्थानबाट पक्राउ गरि आइतबार रामेछाप ल्याएकाे जिल्ला प्रहरी कार्यालय साेमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे हाे । पक्राउ परेकाहरुमा सिन्धुली जिल्ला घ्याङ्लेख गाउँपालिका २ का २५ वर्षीय सुमन जर्घामगर ,खाँडादेवि गाउँपालिका २ का दिर्घराज माेक्तान ,साेही स्थानका ३३ वर्ष पशुपति श्रेष्ठ ,झापा जिल्ला दमक नगपालिका ७ का सुनचाँदी व्यवसायी ४४ पिताम्बर गहतराज ,धनकुटा जिल्ला बेलाहारा नगरपालिका ४ का ३८ वर्षिय गुणराज विश्वकर्मा (दिपक) रहेकाे रामेछाप प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिए ।

    प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल फोन, मोटरसाइकल, विभिन्न बैंकका चेक तथा अन्य कागजातसहित डकैतीमा प्रयोग भएको सामग्री बरामद गरेको जनाएको छ। पक्राउ परेकामध्ये केहीको साथबाट चोरी तथा डकैतीका घटनामा प्रयोग भएका सामग्रीसमेत फेला परेको प्रहरीको भनाइ छ।

    प्रहरीका अनुसार पक्राउ परेका पशुपति श्रेष्ठको समूह यसअघि खाँडादेवी गाउँपालिका–७ स्थित केशर महादेव मन्दिरको दानपेटिका फुटाई रकम चोरी गरेको घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको छ। यस्तै, खाँडादेवी गाउँपालिका–३ मा खसी ,बोकासमेत चोरी भएको घटनामा पनि उक्त समूहको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।

    प्रहरीको Criminal Record System (CRS) जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध कालीमाटी प्रहरी वृत्तमा डाँका तथा चोरी कसुरमा मुद्दा चलेको देखिएको छ। धिरराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापबाट अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको र दिपक भनिने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवा सम्बन्धी कसुरमा मुद्दा चलेको विवरणसमेत भेटिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएको छ।

    यसैगरी, भदौ १८ गते रामेछापको सुनापती गाउँपालिका २ दिमीपोखरी बस्ने वर्ष ७५ को इमान सिं तामाङको घरबाट ७८ हजार चोरी गरेको कसूरमा थप २ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका २ नयाँ पानी ट्याङ्की टोल बस्ने ३४ वर्षका आकाश लामा र उनका छोरा १९ वर्षीय सन्दिप तामाङ रहेका छन् ।


    क्याटेगोरी : अपराध, समाचार

    प्रतिक्रिया दिनुहोस