दाेरम्बा शैलुङमा जेठानद्वारा ज्वाईकाे हत्या, हत्यापछि फरार जेठान पक्राउ
रामेछाप – दाेरम्बा शैलुङमा साेमबार आफ्नै जेठानले ज्वाईकाे हत्या गरेका छन् । ससुराली आएकाे ज्वाईकाे हत्या गरेर फरार भएका जेठानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेकाे छ ।
दाेरम्बा शैलुङ गाउँपालिका ४ भाेर्लेका अन्दाजी ६० वर्षका प्रेम बहादुर तामाङ ससुराली घर गएका बेला उनकाे जेठान अन्दाजी ६० वर्षिया वीर बहादुर तामाङले कुटपिट गरि साेमबार बिहान ९:४५ बजे हत्या गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
जेठान बिर बहादुर र ज्वाइँ प्रेम बहादुर बिच घरायसी विषयमा विवाद हुदा जेठानले ज्वाईलाई मुटकीले कुटपिट गरि हत्या गरेर फरार भएका थिए ।
ज्वाईकाे हत्या पछि फरार भएका जेठान बिर बहादुरलाई मंगलबार बिहान ७:४० मा दाेरम्बा शैलुङ ४ काे खारपानिबाट पक्राउ गरिएकाे रामेछापका प्रहरी प्रमुख भाेला भट्टले जानकारी दिएका छन् । पक्राउ परेका तामाङ माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : अपराध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस