राैतहटमा सुटकेशभित्र महिलाको शव फेला
रौतहट- रौतहटको गौरमा सुटकेशभित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिका-९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेशभित्र महिलाको शव भेटिएको हो ।
शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेश फेला परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्की सहितको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो । सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डीएसपी कार्कीले बताए । मृत भेटिएकी महिलाकाे पहिचान भने खुलेको छैन ।
प्रहरीले मुचुल्कापछि शवलाई पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा प्रहरी अनुसन्धान सुरु गरिसकेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी कार्कीले बताए ।
यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ । नेपाल लज भित्र मृत अवस्थामा भेटिएका सप्तरीका उपेन्द्र भगत, गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया पछि आज अज्ञात महिलाको शव भेटिएको हो ।
क्याटेगोरी : अपराध, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस