नेपालकै अग्लो गणेश मूर्ति रामेछापमा
रामेछाप – रामेछापको नगरपालिका ८ डकुरसिं डाडा“मा नेपालकै अग्लो गणेशको मूर्ति स्थापना गरीएको छ । साढे २१ फिट अग्लो उक्त मुर्तिको स्थापना बिहिबार गरीएको हो । मुर्ति स्थापना गर्ने कार्यमा सम्लन ईन्जिनियर हिरण्यप्रसाद पौडेलका अनुसार उक्त मुर्ति नेपालकै सवैभन्दा अग्लो हो ।
रामेछापको पर्यटकिय स्थान डकुरसिंडाडामा गणेशको मूर्ति स्थापनाका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत योजना कार्यान्वयनमा ल्याएको हो ।
ईन्जिनियर कुशुम भट्टराईका अनुसार उक्त मुर्ति निर्माणका लागि करिव ३० लाख खर्च भएको छ । भारतिय कारिगढले गणेशको मूर्ति तयार गरी स्थापना गरेको पर्यटन क्षेत्रका अगुवा हिरण्यप्रसाद पौडेलले वताए । डुकुरसिंमा यस अघि पुरातत्व विभागले विभिन्न पर्यटन पूर्वाधारको काम गर्दै आएको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस