कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
रामेछाप —आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफूहरूले नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने भन्ने हल्ला पूर्णतः निराधार र भ्रामक रहेको उज्यालो नेपाल पार्टी रामेछापले जनाएको छ।
पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि राजनीतिक दलसँग गोप्य वा औपचारिक चुनावी तालमेल नगरेको स्पष्ट पारेको हो। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न माध्यमबाट फैलाइएको उक्त प्रचारमा कुनै सत्यता नरहेको पार्टीको भनाइ छ।
उम्मेदवार दीप ब. योञ्जन, प्रवक्ता राज मैनाली र चुनाव प्रचार संयोजक रामकृष्ण लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतदातालाई भ्रममा नपर्न आग्रह गरिएको छ। “कपोलकल्पित समाचार र अफवाहको पछि नलागी उज्यालो नेपाल पार्टीकै पक्षमा मतदान गर्न सम्पूर्ण मतदातामा हार्दिक अपिल गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ।
पार्टीले निर्वाचनको संवेदनशील समयमा आधारहीन प्रचारप्रसार नगर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित पक्षलाई सचेत समेत गराएको छ।

क्याटेगोरी : राजनीति, विविध, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस