संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
काठमाडौँ – सर्वोच्च अदालतले सङ्गीत रोयल्टी विवादमा सामुदायिक तथा निजी एफएम रेडियोलाई तत्काल राहत प्रदान गर्दै उनीहरूविरुद्ध कुनै पनि प्रकारको कानुनी कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक सङ्घ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै एफएम रेडियोका सञ्चालक, व्यवस्थापक, रेडियोकर्मी तथा सम्बन्धित व्यक्तिविरुद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न र कुनै पनि प्रकारको कानुनी जटिलता सिर्जना नगर्न आदेश दिएको हो।
रिट निवेदनका पक्षबाट अधिवक्ता रमेशप्रसाद जोशीलगायतका कानुन व्यवसायीले बहस गरेका थिए। बहसपछि अदालतले अन्तरिम आदेश जारी गर्दै अर्को आदेश नभएसम्म एफएम रेडियोसँग सम्बन्धित व्यक्तिहरूमाथि सङ्गीत रोयल्टीको विषयलाई लिएर दण्डात्मक कारबाही नगर्न स्पष्ट निर्देशन दिएको छ।
सङ्गीत रोयल्टी सङ्कलनको नाममा एफएम रेडियो सञ्चालक तथा रेडियोकर्मीमाथि मुद्दा दायर गर्ने, धरपकड गर्ने र रेडियोको नवीकरण प्रक्रियामा समेत अवरोध सिर्जना गरिएको भन्दै सामुदायिक रेडियो प्रसारक सङ्घ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चको यस आदेशसँगै सङ्गीत रोयल्टी विवादका कारण एफएम रेडियो, तिनका सञ्चालक, व्यवस्थापक तथा रेडियोकर्मीविरुद्ध मुद्दा दर्ता गर्ने, पक्राउ गर्ने, थुनामा राख्ने वा अन्य कुनै कानुनी अवरोध सिर्जना गर्ने कार्यमा तत्कालका लागि रोक लागेको छ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस