आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
रामेछाप — पछिल्लो समय आयुर्वेद उपचार प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गएको देखिएको छ। जिल्ला आयुर्वेद औषधालय रामेछापका प्रमुख दिपक कार्कीका अनुसार आयुर्वेद उपचारप्रति सर्वसाधारणको विश्वास क्रमशः बढिरहेको छ।
अस्पतालमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहबारे जानकारी दिँदै प्रमुख कार्कीले आयुर्वेद उपचारबारे केही भ्रम अझै कायम रहेको बताए। “आयुर्वेदबाट रोग निको पार्न धेरै समय लाग्छ, लामो समय उपचार गर्नुपर्छ र पूर्ण रूपमा निको हुँदैन भन्ने गलत बुझाइ समाजमा छ,” उनले भने, “यस्ता भ्रम हटाउन र मिडियाले सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ।”
उनका अनुसार आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन स्थानीय तहसम्म सेवा विस्तार गर्ने काम अघि बढाइएको छ, जसबाट नागरिकलाई यस उपचार प्रणालीमा थप पहुँच पुर्याउने सहयाेग पुग्ने अपेक्षा राखिएको छ।
आयुर्वेद औषधालय रामेछापका अध्यक्ष नवराज पथिकले आयुर्वेद सेवाको प्रभावकारिता र उपलब्ध सेवाबारे पर्याप्त जानकारी नभएका कारण बिरामीको संख्या अपेक्षाकृत कम रहेको बताए। उनले आयुर्वेद उपचारका फाइदा र सेवाबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपराेस भन्ने उद्देश्यले अस्पताल आएका बिरामीलाई निःशुल्क सेवा समेत उपलब्ध गराइने गरेकाे छ।
क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- २ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ३ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम
- ४ दाेरम्बा शैलुङमा जेठानद्वारा ज्वाईकाे हत्या, हत्यापछि फरार जेठान पक्राउ
- ५ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- ६ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ७ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ८ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस















प्रतिक्रिया दिनुहोस