६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
रामेछाप – ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । करणी गरेर फरार रहेका युवकलाई बुधबार प्रहरीले प्रकाउ गरेकाे हाे ।
रामेछाप नगरपालिका ४ मा आफ्नै घरमा रहेकी ६१ वर्षीया महिलामाथि मंगलबार जबरजस्ती करणी गरी फरार रहेको इटहरी उपमहानगर पालिका १७ घर भएका २१ वर्षिय प्रेम बिसुन्खेलाई रामेछाप ४ बाेलुङ्बाेबाेलुुङमा मानिस नभएकाे घरमा गई लुकिछिपि बसेकाे अबस्थामा पक्राउ गरिएकाे रामेछाप प्रहरी प्रमुख सन्तुलाल जैसवारले जानकारी दिए ।
प्रहरीका अनुसार घटना भदौ २ गते भएको हो । बिसुंखे लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए । घटनापछि उनी फरार भएका थिए।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धोबीँडाँडाबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास सुरु गरेको थियो। खोजतलासका क्रममा युवकलाई घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बिसुंखेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको रामेछाप प्रहरी प्रमुख जैसवारले बताएका छन् ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस