वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
रामेछाप – ४४ औं वीपी स्मृति दिवसका अवसर नेपाली काँग्रेस रामेछापले बुधवार बृक्षरोपण गरेकाे छ,भने जरा अभियान सम्पन्न गरेको छ ।
वीपीकाे स्मृतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि सीता मिजारको प्रमुख आतिथ्यतामा वीपी स्मृति भवन मन्थलीकाे प्राङ्गणमा विभिन्न विरुवाहरु राेपेर वृक्षारोपण गरिएकाे छ । वृक्षारोपणमा जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।
साेही अवसरमा शुभकामना राख्नेक्रममा वक्ताहरुले वीपीकाे आदर्शलाई आत्मसात गरेर कांग्रेस अघि बढ्नुपर्ने बताएका थिए । वीपीकाे मुल आदर्शको रुपमा रहेकाे मेलमिलापकाे निति अवलम्बन गर्नपर्नेमा जाेड दिएका थिए ।
साथै जरा अभियानमा सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणका काम सकिएसँगै जरा अभियान ओैपचारिक रुपमा सम्पन्न भएकाे पार्टी सचिव विनाेद कार्कीले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस