• काेसिस न्यूज
  • रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी


    रामेछाप – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट पुन: रमेश कुमार रायमाझी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

    नवनिर्वाचित कार्यसमितिमा मोहन कार्की उपसभापति, दिलबहादुर थापा (दिनेश) सचिव, टेकबहादुर सुनुवार सहसचिव तथा समीक्षा श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका छन्।

    त्यसैगरी जिल्ला कार्यसमिति सदस्यहरूमा अर्जुन श्रेष्ठ, लक्ष्मण बस्नेत, कमल कार्की, ईश्वरी लामिछाने, केशव रोक्का र चन्द्रा खड्का निर्वाचित भएका छन्।

    अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संगठनलाई जिल्लाभर थप सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ। नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

    नवनिर्वाचित नेतृत्वले पार्टीको संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह तथा जिल्लाका नागरिकका आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

    रास्वपा रामेछापको नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस