उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
रामेछाप – उमाकुण्ड गाउँपालिका–४ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। वडा अध्यक्ष मानबहादुर सुनुवारको संयोजकत्वमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्ष सावित्री सुनुवारले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले भौतिक पूर्वाधार विकासमा उमाकुण्ड गाउँपालिका अन्य स्थानीय तहको तुलनामा अगाडि रहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा गाउँपालिकामाथि भ्रष्टाचारको आरोप लगाउनेहरूलाई तथ्यसहित गाउँपालिकामै आएर आरोप पुष्टि गर्न चुनौती दिए । अध्यक्ष सुनुवारले फेसबुकमा आरोप लगाउनेभन्दा गाउँपालिकामा आएर सम्बन्धित फाइल हेरी वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा उपाध्यक्ष सावित्री सुनुवारले भौगोलिक रूपमा विकट भए पनि विभिन्न चुनौतीका बीच गाउँपालिकाले जनताको हितमा उल्लेखनीय काम गर्दै आएको बताए । उनले आफ्नो बाँकी कार्यकालमा जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै नवनिर्मित भवनबाट वडाका सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छिन्
वडा अध्यक्ष मानबहादुर सुनुवारले भवन लगातार तीन आर्थिक वर्षको बजेट विनियोजन र निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको जानकारी दिए । भवन निर्माणका क्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकराज कुलुङ, विभिन्न वडाका वडा अध्यक्ष, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति थियो।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा थप सहज, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- २ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ३ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ४ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ५ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ६ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ७ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ८ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ













प्रतिक्रिया दिनुहोस