कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
उमाकुण्ड – उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जनप्रतिनिधि र कर्मचारीबीच आपसी समझदारी, समन्वय र सहकार्य बिना स्थानीय तहको समृद्धि सम्भव नहुने बताइन् ।
गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष सुनुवारले जनप्रतिनिधि र कर्मचारीबीच वैचारिक तालमेल र कार्यगत एकरूपता कायम भए नागरिकले प्रभावकारी सेवा प्राप्त गर्ने र विकासले गति लिने स्पष्ट पारिन् ।
उपाध्यक्ष सुनुवारले जनप्रतिनिधि र कर्मचारीलाई ‘एउटै रथका दुई पाङ्ग्रा’को संज्ञा दिँदै जनप्रतिनिधिले नीति तथा योजना निर्माण गर्ने र कर्मचारीले त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताईन् । “जनप्रतिनिधि र कर्मचारीबीच मतभेद भए विकास निर्माणका काम प्रभावित हुन्छन् र त्यसको प्रत्यक्ष असर नागरिकमाथि पर्छ,” उहाँले भन्नुभयो, “त्यसैले दुवै पक्षबीच समन्वय, विश्वास र साझा सोच अपरिहार्य छ।”
उपाध्यक्ष सुनुवारले नागरिकलाई छिटो,छरिताे ,सहज र झन्झटमुक्त सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै गाउँपालिकाको समग्र विकासका लागि सबै पक्षले साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिदै गाउँपालिकाको समृद्धिका लागि आफ्नो तर्फबाट सदैव सकारात्मक समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्दै सबै सरोकारवालालाई एकताबद्ध भएर विकास अभियानमा जुट्न आग्रह गर्नुभयो।
कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहलाई थप चुस्त,पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा छलफल भएको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस