बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित ‘ग्रीन रन’को शुभारम्भ गरेका छन्।
ललितपुरस्थित यूएन पार्कबाट सुरु भएको ‘ग्रीन रन’ ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ आयोजना गरिएको कांग्रेसले जनाएको छ। कार्यक्रममा हजारौँको सहभागिता रहेको थियो।
दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति थापाले क्यानभासमा चित्रसमेत कोरेका थिए। सो अवसरमा सहभागीलाई बिरुवा वितरण गरिएको थियो।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
दिवसका अवसरमा कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गरेको छ।
कांग्रेसका शीर्ष नेताहरूले बीपीले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, संविधानवाद, नागरिक स्वतन्त्रता र राष्ट्रिय एकताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले बीपीको राजनीतिक दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।
प्रत्येक वर्ष साउन ६ गते बीपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरी बीपी स्मृति दिवस मनाउने गरिएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस