वृद्धकाे हत्या गरेर फरार युवा २४ घण्टा नबित्दै पक्राउ
रामेछापको – जिल्ला प्रहरी कार्यालय रामेछापले मन्थली नगरपालिका १४ साजेटोलकी ७२ वर्षीया वृद्धा भिमा लक्ष्मी खड्काको हत्या गरेर फरार भएका २६ वर्षीय दिलीप खड्कालाई ४८ घण्टामै पक्राउ गरेकाे छ ।
वृद्धकाे हत्या गरेर फरार भएका खड्कालाई मंगलबार दिउँसो दोलखाको मेलुङ गाउँपालिका ७ बाट प्रहरीले पक्राउ गरेको हाे । उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइएकाे रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिसपी भोला कुमार भट्टले जानकारी दिए ।
सोमबार गएराति करिब साढे १० बजे दिलीपले भिमा लक्ष्मीको धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए । उनले रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडेकाे देखेर स्थानीयले प्रहरीलाई खबर गरेकाे प्रहरीले जनाएकाे छ ।
मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको छ ।घटनाको विषय पथप अनुसन्धान गरिरहेकाे
प्रहरीले जानकारी दिएकाे छ ।
क्याटेगोरी : अपराध, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस