बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
रामेछाप – ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले बालिकाकाे शिक्षामा गरेकाे याेगदान प्रशंसनीय रहेकाे छ । बुधबार रेष्टले गरेकाे सामाजिक परिक्षण कार्यक्रममा बालिका शिक्षा कार्यक्रम प्रशंसनीय रहेकाे पाइएकाे हाे ।
रेष्टले रामेछापको गोकुलगंगा गाउँपालिकामा सञ्चालन गर्दै आएको परियोजनाको सामाजिक परीक्षण (सामाजिक अडिट) को नतिजा सार्वजनिक गरेको थियाे । उक्त कार्यक्रम कार्यक्रमकि प्रमुख अतिथि तथा गाेकुलगंगा गाँउपालिकाकी उपाध्यक्ष उषा कार्कीले रेष्टले लामाे समयदेखि बालिका शिक्षामा लगानी गरिरहेकाे र त्यस कारण छाेरीहरुले पढ्ने अवसर पाएकाे उल्लेख गर्दै कार्यक्रमकाे प्रशंसा गरेकी थिइन् । यस्ता काम पालिका आफैले पनि गर्नुपर्ने बताउदै उनले पालिकाले समेत बालिका शिक्षालाई महत्व दिएकाे बताइन् ।
त्यसैगरी साेही पालिकाकाे वडा नं. ५ का अध्यक्ष दीपक कार्कीले रेष्टको सहयोगका कारण धेरै बालिकाहरू शिक्षाबाट वञ्चित भएकाहरुले शिक्षा लिने अवसर पाएकाे बताए । उनले रेष्टले बालिका शिक्षाको पहुँच विस्तार गर्नुका साथै हिंसारहित समाज निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
शिक्षक रामप्रसाद घिमिरे ले रेष्टको सहयोगपछि विद्यालयमा छात्राहरूको भर्ना तथा नियमित उपस्थितिमा वृद्धि भएको बताए। उनले बालिका शिक्षाप्रति अभिभावकको चेतना बढ्दै गएको र त्यसको सकारात्मक प्रभावस्वरूप बालविवाह न्यूनीकरणमा समेत सहयोग पुगेको धारणा राखे।
कार्यक्रममा रेष्टकि काेषाध्यक्ष सानाेबाबु घिमिरेले रेष्टले गर्दै आएकाे सहयाेग निरन्तर हुन सकेन भनेपनि सरकार तथा अन्य संघसंस्थाले पनि बालिका शिक्षामा लगानि गर्न अनुराेध गरिन । रेष्टलाइ सहयाेग गर्दै आएकाे दाता संस्थाले सहयोग नगर्ने भएपछि उपलब्ध गराउदै आएकाे केही सेवालाई संस्थाले निरन्तरता दिन कठिन भएरहेकाे बताईन् ।
सामाजिक परिक्षण प्रतिवेदनमा रेष्टले गाेलुलगंगा गाँउपालिकामा मात्र हालसम्म ५५६ जना बालिकाकाे शिक्षामा सहयाेग उपलब्ध गराएकाे जनाएकाे छ । रेष्टले जिल्लामा विक्रम संवत् २०६३ देखि काम बालिका शिक्षामा लगानी गर्दै आएकाे र हालसम्म रामेछाप जिल्लाभरी ३ हजार २०० बालिका लाभान्वित भएकाे छन् ।
रेष्टकाे सहयाेगबाट लाभान्वित मध्ये हाल २० जना शिक्षण पेशामा , ५ जना अन्य सरकारी सेवामा , १५ जना वैदेशिक राेजगारमा र २० विभिन्न राेजगारमा संलग्न रहेका छन् भने ४६९ जना अल्मुनाईमा संगठित रहेका छन् ।
कार्यक्रममा सहभागीहरुले रेष्टले संचालन गरेकाे बालिका शिक्षा प्रवर्द्धन, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन, छात्राहरूलाई सहयोग, किशोरी सशक्तीकरण तथा हिंसामुक्त समाज निर्माणमा उल्लेखनीय भूमिका खेलेकाे भन्दै प्रशंसा गरेका थिए ।
सामाजिक परीक्षण कार्यक्रममा परियोजनाको बजेट, खर्च र उपलब्धिबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। रेष्टले समुदायको सहभागितामा सञ्चालन गरिरहेका कार्यक्रमहरूले शिक्षा, बालअधिकार, लैङ्गिक समानता तथा सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका थिए।

क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान















प्रतिक्रिया दिनुहोस