सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
रामेछाप – देशका विभिन्न दूरदराजका क्षेत्रहरूमा स्वास्थ्य तथा शैक्षिक सहायता पुर्याउँदै समाजसेवामा तल्लिन चिकित्सक डा.मनोर दिन सैयद शुक्रबार रामेछाप आउनु आउने भएका छन् ।
डा. सैयदको सचिवालयका अनुसार रामेछापको मन्थली नगरपालिका–८ स्थित श्री नर्मदेश्वर आदर्श आधारभूत विद्यालयमा ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने शुक्रबार रामेछाप आउने भएका हुन् । उक्त कार्यक्रमपछि डाक्टर सैयदकाे टाेली ग्रामीण क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्न ओखलढुंगा जिल्लातर्फ जाने जनाइएको छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ मा मनमोहन शिक्षण अस्पताल, स्वयम्भु तथा सामाजिक संस्था जुनेली नेपालको सहकार्यमा कार्तिक १५ गते, शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने बताइएको छ। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, पाठेघर क्यान्सरको प्रारम्भिक जाँच (VIA) तथा नि:शुल्क औषधि वितरण गरिने सचिवालयले जानकारी दिएको छ।
समुदायमा स्वास्थ्य तथा शिक्षामा पहुँच बढाउन निरन्तर सक्रिय डा. सैयदले स्थानीयवासीलाई शिविरबाट लाभ लिन आग्रह गरेका छन्। उक्त कार्यक्रम दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएकाे छ।
क्याटेगोरी : शिक्षा, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- २ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ३ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ४ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ५ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ६ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ७ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ८ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना













प्रतिक्रिया दिनुहोस