सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
रामेछाप – देशका विभिन्न दूरदराजका क्षेत्रहरूमा स्वास्थ्य तथा शैक्षिक सहायता पुर्याउँदै समाजसेवामा तल्लिन चिकित्सक डा.मनोर दिन सैयद शुक्रबार रामेछाप आउनु आउने भएका छन् ।
डा. सैयदको सचिवालयका अनुसार रामेछापको मन्थली नगरपालिका–८ स्थित श्री नर्मदेश्वर आदर्श आधारभूत विद्यालयमा ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने शुक्रबार रामेछाप आउने भएका हुन् । उक्त कार्यक्रमपछि डाक्टर सैयदकाे टाेली ग्रामीण क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्न ओखलढुंगा जिल्लातर्फ जाने जनाइएको छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ मा मनमोहन शिक्षण अस्पताल, स्वयम्भु तथा सामाजिक संस्था जुनेली नेपालको सहकार्यमा कार्तिक १५ गते, शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने बताइएको छ। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, पाठेघर क्यान्सरको प्रारम्भिक जाँच (VIA) तथा नि:शुल्क औषधि वितरण गरिने सचिवालयले जानकारी दिएको छ।
समुदायमा स्वास्थ्य तथा शिक्षामा पहुँच बढाउन निरन्तर सक्रिय डा. सैयदले स्थानीयवासीलाई शिविरबाट लाभ लिन आग्रह गरेका छन्। उक्त कार्यक्रम दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएकाे छ।
क्याटेगोरी : शिक्षा, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस