सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
रामेछाप – जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधीश राजेन्द्र नेपालले अदालती प्रक्रिया र कानुनी सचेतनाबारे सर्वसाधारणलाई जानकारी गराउँदै गाउँ–गाउँ पुग्ने अभियान सञ्चालन गर्दै आएका छन्।
अदालतको ‘न्यायिक बाह्य पहुँच कार्यक्रम’ अन्तर्गत उनले बुधबार तामाकोशी गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालय, खिम्तीमा स्थानीय बासिन्दा र विद्यार्थीहरूकाे जिज्ञासा सम्बाेधन गर्दै न्यायाधीश नेपालले नागरिकका हकहित, मुद्दाको प्रकृति, अदालती प्रक्रिया र न्याय निरूपणका विषयमा विस्तृत जानकारी दिएका थिए। उनले भने, “कुनै पनि नागरिक कानुनी जानकारीको अभावमा अन्यायमा नपरोस् र सबैको अदालतमा सहज पहुँच होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”
जिल्ला अदालत रामेछापका श्रेस्तेदार सुरेश केसीका अनुसार, न्यायिक बाह्य पहुँच कार्यक्रममार्फत अदालतले स्थानीय तहमा पुगेर कानुनी सचेतना अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
त्यस्तै, अदालतकी तहसिलदार बिमला पन्थीले सामान्य कानुनी ज्ञान नहुँदा नागरिकहरूले अनावश्यक दुःख भोग्नुपर्ने अवस्था रहने भएकाले यस किसिमका कार्यक्रमहरू अत्यावश्यक रहेको बताइन्।
त्यसैगरी समुदायमा सरकारी वकिल कार्यक्रम मार्फत नागरिकमा कानुनी सचेतना अभियान संचालन गरिरहेकाे सरकारी वकिल लोकबहादुर कटुवालले जानकारी दिए ।
कार्यक्रममा सहभागी सर्वसाधारण र विद्यार्थीहरूले न्याय निरूपण प्रक्रिया तथा कानुनी प्रणालीबारे विभिन्न जिज्ञासाहरू राखेका थिए।
जिल्ला अदालत रामेछापले आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न स्थानमा पुगेर कानुनी सचेतना कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।
क्याटेगोरी : शिक्षा, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस