• काेसिस न्यूज
  • शहरमा बस्नेको तुलनामा गाउँमा बस्नेको औसत आयु बढी


    रामेछाप – शहरी क्षेत्रमा बस्ने मानिसको तुलनामा हिमाल र पहाडमा बस्ने मानिसको औसत आयु बढी हुने गरेको छ ।राष्ट्रिय तथ्याकं कार्यालयले सार्वजनिक गरेको अध्ययनले शहरीया जिवन भन्दा गाउँले जिवन सहज र स्वस्थ्य भएकाले औसत आयु पनि शहरको तुलनामा गाउँमा बस्नेहरुको बढी रहेको उल्लेख गरिएको हो ।

    नेपालको सवैभन्दा बढी औसत आयु भएको जिल्ला ओखलढुंगा रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याकंमा जनाइएको छ । ओखलढुंगा जिल्लाका नागरिकहरुको औसत आयु ७५ दशमलव ३ बर्ष रहेको राष्ट्रि तथ्याकं कार्यालयका अधिकृत पवन मिजारले जानकारी दिनुभयो ।बिषयगत प्रतिवेदन तथा स्थानीय तहको नतिजा सम्बन्धमा रामेछाप जिल्लामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकृत मिजारले रामेछाप जिल्लाका नागरिकहरुको औसत आयु ७५ दशमलव २ बर्ष रहेको उल्लेख गर्नु भयो । जुन दोश्रो धेरै आयु भएका नागरिकको जिल्लाका रूपमा रहेको छ । हिमाल र पहाडमा बस्नेको औसत आयु लामो भएको तथ्याक सार्वजनिक गर्दै कार्यालयले भारतीयहरुको भन्दा पनि नेपालीहरुको औसत आयु बढी भएको जनाएको छ ।

    नेपालमा क्रमश जनसंख्या घट्दो दरमा रहेकाले सरकारले अब जनसंख्या व्यबस्थापन को निति ल्याउनु पर्ने तथ्याकं सार्वजनिक गर्दै कार्यालयले नेपाल जस्तो सानो देशमा १ सय २४ मातृभाषा रहेको उल्लेख गरेको छ । रामेछापको जनसंख्या ऋणात्मक भएको उल्लेख गर्दै कार्यालयले यसको व्यबस्थापनका लागि सरकारले बिशेष निति नै बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिएको छ ।


    जिल्ला स्थित क्याम्पस,बिभिन्न बिद्यालय, शिक्षक तथा पत्रकार र अन्य सरोकारवालाहरु समेतको उपस्थितीमा सम्पन्न कार्यक्रममा रामेछाप जिल्लाका अतिरिक्त अन्य बिभिन्न जिल्लाको अबस्थाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथ्याकं कार्यालयले मन्थली शहित स्मृति बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा. भरत श्रेष्ठ र मन्थली नगरपालिकाका बरिष्ट अधिकृत दिपक सुवेदीलाई कार्यालयले प्रकाशन गरेको पछिल्लो बिबरण सहितको पुस्तकहरु ह्स्तान्तरण गरिएको थियो ।


    क्याटेगोरी : शिक्षा, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस