मन्थलीमा भएकाे गाडी दुर्घटनामा श्रीमतीकाे मृत्युु , श्रीमान घाइते
रामेछाप– मन्थलीमा स्कारपियाे गाडी दुर्घटना हुदा श्रीमतीकाे घटना स्थलमै मृत्यु भएकाे छ भने श्रीमान घाइते भएका छन् ।
आइतबार बिहान मन्थलीबाट हेटौंडा जान हिडेकाे BAC ९४६३ नम्बरको स्कारपियाे मन्थली ,खुर्काेट सडक खण्डकाे बाेक्सेकाे पहिराेमा दुर्घटना भएकाे हाे ।
स्कारपियाेमा सवार मन्थली नगरपालिका ११ गेलुका अन्दाजी ४० वर्षिय श्रीमती राधा चाैहानकाे घटना स्थलमा नै मृत्यु भएकाे छ भने अन्दाजी ४२ वर्षिय श्रीमान उत्तम चाैहान समान्य घाइते भएका छन् । गाडी उत्तम चाैहान आफैले चलाएका थिए।
दुर्घटनामा घाइते भएका चाैहानकाे मन्थली सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौ रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला भट्टले जानकारी दिए ।
श्रीमतीकाे शव घटना स्थलबाट उद्दार गरि पाेस्टमार्टमका लागि मन्थली अस्पताल लगिएकाे छ । दुर्घटना कारण भने खुलिनसकेकाे प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस