नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
सहबान अन्सारी /नवलपरासी
नवलपरासीमा बसले र मोटरसाइकललाई ठक्कर दिदाँ दुई युवकको मृत्यु भएको छ ।
शनिवार पाल्हिनन्दन गाउँपालिका वडा नं. १ झरहीखोला स्थित महेशपुर भुजहवाकाे भित्री सडकखण्ड अन्तर्गत भुजहवाबाट महेशपुरतर्फ आउँदै गरेको लु.२ख ६५४ नम्बरको बसलाई सोही दिशा तर्फबाट आउँदै गरेको लु.४७ प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका वडा नं. ४ पाचपेडा बस्ने २१ बर्षिय भोला राजभर र रामग्राम नगरपालिका वडा नं. १५ डिगौल बस्ने २१ बर्षिय राहुल राजभर गम्भिर घाइते भएका थिए ।
दुर्घटनामा गम्भिर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले बताए ।
दुवै शव सोही अस्पतालमा राखिएको छ भने बस र बसचालक रामग्राम नगरपालिका वडा नं. ४ इम्लीटोल बस्ने वर्ष ३१ को सदाम अली अन्सारीलाई नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- २ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ३ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ४ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ५ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ६ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ७ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ८ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन















प्रतिक्रिया दिनुहोस