नवलपरासीमा बसको ठक्कर बाट दुई युवककाे मृत्यु
सहबान अन्सारी /नवलपरासी
नवलपरासीमा बसले र मोटरसाइकललाई ठक्कर दिदाँ दुई युवकको मृत्यु भएको छ ।
शनिवार पाल्हिनन्दन गाउँपालिका वडा नं. १ झरहीखोला स्थित महेशपुर भुजहवाकाे भित्री सडकखण्ड अन्तर्गत भुजहवाबाट महेशपुरतर्फ आउँदै गरेको लु.२ख ६५४ नम्बरको बसलाई सोही दिशा तर्फबाट आउँदै गरेको लु.४७ प ४८७९ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा उक्त मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रतापपुर गाउँपालिका वडा नं. ४ पाचपेडा बस्ने २१ बर्षिय भोला राजभर र रामग्राम नगरपालिका वडा नं. १५ डिगौल बस्ने २१ बर्षिय राहुल राजभर गम्भिर घाइते भएका थिए ।
दुर्घटनामा गम्भिर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासी पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले बताए ।
दुवै शव सोही अस्पतालमा राखिएको छ भने बस र बसचालक रामग्राम नगरपालिका वडा नं. ४ इम्लीटोल बस्ने वर्ष ३१ को सदाम अली अन्सारीलाई नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस