दाेलखामा बाेलेराे दुर्घटना हुदा २ काे मृत्यु
दाेलखा – दोलखामा भएकाे बोलेरो गाडी दुर्घटना परि २ जनाकाे मृत्यु भएकाे छ । शनिबार गौरीशंकर गाउँपालिका ४ झ्याँकुको देपुङमा बा १६ च ७६५१ नम्बरको बोलेरो दुर्घटना भएकाे हाे ।
बोलेरो दुर्घटना हुँदा स्थानीय फुलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाईते भएकी अर्की डोल्मा शेर्पाको उपचारको लागि चरिकोट अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
सामान्य घाइते छिरि शेर्पालाई उपचारका लागि सिंगटी लगिएको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस