पाेखरीमा डुबेर दुई बालककाे मृत्यु
झापा- अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर बालककाे मृत्यु भएकाे हाे ।
तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
उनीहरु आज बिहान ८ बजे पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्याएका थिए ।
उपचारका लागि लगेकाे बालकलाई डाक्टरले मृत घोषणा गरेको डीएसपी खड्काले जानकारी दिए ।
क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस