रामेछापको सन्ताेषकाे साउदीमा मृत्युु ,उद्वारका लागि परिवारद्वारा अपिल
रामेछाप- रामेछाप नगरपालिका ८ सल्लेका सन्तोष कुमार तामाङ्गको साउदी अरबमा सवारी दुर्घटनामापरी मृत्यु भएको छ । यहि जेठ १८ गते तामाङ्को दुर्घटनामापरी ज्यान गएको उनको परिवारीक श्रोतले जनाएको छ ।
साउदीमा सवारी चालककाे रुपमा रहेका ३४ वर्षिय तामाङ् रोजगारीको शिलशिलामा विगत ३ महिनादेखी साउदी पुगेबका थिए । मृतक तामाङ्का भाई तिर्थ तामाङ्गका अनुसार दाजुको शव नेपाल ल्याउन पहल भैरहेको छ । तर उनि कार्यरत कम्पनी खराब भएको कारण शव ल्याउन समस्या भएको बताए ।
तामाङ्काे ९ महिना अघि मात्र आमाको मृत्यु भएको र फेरि साउदीमा अचानक सन्ताेषकाे मृत्युले परिवार शोकमा डुबेको छ । मृतकका भाई भन्छन्,“आमाले हामीलाई छोडेर जानुभयो ,उहाँको उपचारका लागि ५० लाखभन्दा बढी खर्च गर्यौं,ऋण लियौँ ,घर,गहना सबै बेच्यौं, तर पनि बचाउन सकिएन । त्यो पीडा अझै मनमा थियो,अहिले फेरि अर्को बज्रपात पर्यो ।”
मृतक तामाङ्गको एक श्रीमती र ३ जना छोरीहरू छन् । छोरीहरुले बाबाको काख खोजिरहेका छन् । ऋण र शोकमा डुबेका तामाङ्ग परिवारले सबैमा सकेको सहयोग गरिदिन अपिल गरेका छन ।
पीडित परिवारको घाउमा मलम लगाउन आफुले सकेको सहयोग गर्नका लागी तलको क्युआर स्क्यान गरेर सहयोग गर्न सक्नुहुनेछ ।

क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस