रामेछापको सन्ताेषकाे साउदीमा मृत्युु ,उद्वारका लागि परिवारद्वारा अपिल
रामेछाप- रामेछाप नगरपालिका ८ सल्लेका सन्तोष कुमार तामाङ्गको साउदी अरबमा सवारी दुर्घटनामापरी मृत्यु भएको छ । यहि जेठ १८ गते तामाङ्को दुर्घटनामापरी ज्यान गएको उनको परिवारीक श्रोतले जनाएको छ ।
साउदीमा सवारी चालककाे रुपमा रहेका ३४ वर्षिय तामाङ् रोजगारीको शिलशिलामा विगत ३ महिनादेखी साउदी पुगेबका थिए । मृतक तामाङ्का भाई तिर्थ तामाङ्गका अनुसार दाजुको शव नेपाल ल्याउन पहल भैरहेको छ । तर उनि कार्यरत कम्पनी खराब भएको कारण शव ल्याउन समस्या भएको बताए ।
तामाङ्काे ९ महिना अघि मात्र आमाको मृत्यु भएको र फेरि साउदीमा अचानक सन्ताेषकाे मृत्युले परिवार शोकमा डुबेको छ । मृतकका भाई भन्छन्,“आमाले हामीलाई छोडेर जानुभयो ,उहाँको उपचारका लागि ५० लाखभन्दा बढी खर्च गर्यौं,ऋण लियौँ ,घर,गहना सबै बेच्यौं, तर पनि बचाउन सकिएन । त्यो पीडा अझै मनमा थियो,अहिले फेरि अर्को बज्रपात पर्यो ।”
मृतक तामाङ्गको एक श्रीमती र ३ जना छोरीहरू छन् । छोरीहरुले बाबाको काख खोजिरहेका छन् । ऋण र शोकमा डुबेका तामाङ्ग परिवारले सबैमा सकेको सहयोग गरिदिन अपिल गरेका छन ।
पीडित परिवारको घाउमा मलम लगाउन आफुले सकेको सहयोग गर्नका लागी तलको क्युआर स्क्यान गरेर सहयोग गर्न सक्नुहुनेछ ।

क्याटेगोरी : दुर्घटना, समाचार
ताजा अपडेट
- १ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- २ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ३ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ४ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ५ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ६ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा
- ७ नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रामेछापका जीवन कार्की विजयी
- ८ जिल्ला अदालतकाे न्यायीक बाह्य पहुँच कार्यक्रम दाेरम्बा शैलुङ्मा










प्रतिक्रिया दिनुहोस