एकबर्ष सम्पर्क समितिलाई कुनैपनि गतिविधि नगर्न सभापति तामाङकाे आग्रह
काठमाडौ -नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछाप काठमाडौ सम्पर्क समितिलाई अबकाे एकबर्ष कुनैपनि गतिविधि नगर्न आग्रह गरेकाे छ ।
सभापति तामाङले आइतबार शाेकसभा बाेल्दै सम्पर्क समितिका सभापतिकाे निधनले शाेकमा भएकाे भन्दै अबकाे एकवर्ष कुनैपनि गतिविधि नगर्न आग्रह गरेकाे हाे ।
नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले सभापति स्वर्गीय राजनारायण श्रेष्ठको १३ ओैं पुण्य तिथिमा आयाेजना गरेकाे शाेकसभामा बाेल्दै सभापति तामाङले श्रेष्ठलेकाे निधनले परिवारिक ,राजनितीक र समाजिक सबै क्षेत्रमा ठुलो क्षति पुगेकाे बताए । त्यसैगरी सम्पर्क समितिलाई चलाएमान बनाउन श्रेष्ठको महत्त्वपूर्ण देन रहेकाे बताए । सभापति तामाङले स्वर्गीय राजनारायण श्रेष्ठको सम्मान स्वरुप उहाँको परिवारलाई आवस्यक राजनीतिक सहयाेग गर्न पार्टी सधै तयार रहने प्रतिबद्धता जनाए । त्यस्तै श्रेष्ठले आफ्नाे जीवनकाल भरी सधै पार्टी र संगठनकाे मात्र चिन्ता गर्ने गरेकाे बताउदै सभापति तामाङले स्वर्गीय श्रेष्ठकाे याेगदानलाई कदर गर्दै उनकाे सम्मानमा कुनै कसुर नछाड्ने समेत प्रतिज्ञा व्यक्त गरे ।
सभापति श्रेष्ठको निधन यहि पाैष १० गते हदृयघातका कारण भएको थियाे । सम्पर्क समितिले श्रेठकाे १३ ओै पुण्यतिथिमा मध्येबानेश्वरमा रहेकाे सनराई क्याफेमा शाेक सभाकाे आयाेजना गरेकाे थियाे । उक्त शाेक सभा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थामाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे भने समितिका उपाध्यक्ष प्रदिप बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस