मानवीय रिपोर्टिङ सम्बन्धि तालिम

बनेपा – नेपाल रेडक्रस साेसाइटीद्वारा मानवीय रिपोर्टिङ सम्बन्धि बनेपामा ३ दिने तालिम सम्पन्न भएकाे छ । उक्त तालिमा विभिन्न मिडियामा कार्यरत २३ जना पत्रकारकाे सहभागीता रहेकाे थियाे ।
नेपाल रेडक्रस साेसाइटीले मानवीय सेवा सम्बन्धि खाेज तथा अनुसन्धान मुलक रिपोर्टिङ गर्न र मानवीय संवेदनशीलतालाई ख्याल गरेर रिपोर्टिङ गर्नका लागि पत्रकारहरुले ध्यानदिनु पर्ने कुराहरुका विषयमा प्रष्ट पार्ने उद्देश्यले तालिम संचालन गरेकाे हाे ।
तालिममा समापन कार्यक्रममा बाेल्दै नेपाल रेडक्रस साेसाइटीका अध्यक्ष सुदर्शन प्रसाद नेपालले पत्रकार आवाज विहिनकाे आवाज भएकाे बताउदै विपतका समयमा नागरिककाे आवस्यकता सरकार सम्म पुर्याउने र सरकारलाई जिम्मेवार बन्न खबरदारी गर्ने भएकाले पत्रकारकाे भुमिका विपदका बेला झनै प्रभावकारी हुने बताए । कुनैपनि किसिमकाे विपत्तिमा परेका नागरिकलाई पत्रकारले मिडिया मार्फत आशा जगाउने,पिडामा मलम लगाउने र।सकारात्मक साेचकाे विकास गराउने काम गर्नुपर्ने भएकाे हुदा मानवीयतालाई ध्यान दिएर मानवीय रिपोर्टिङ गर्न अनुराेध गरे ।
विपदका बेला मानवीय कार्य गरेर पिडामा मलम लगाउने काम गर्ने गरेकाे रेडक्रस साेसाईटीले पत्रकारितामा पनि मानवीय कुरालाई ध्यान दिएर रिपोर्टिङ गर्न सक्दा अझ प्रभावितलाई मलम लगाउन मद्दत पुग्ने नेपाल रेडक्रस साेसाइटीका मानिविकी तथा संचार विभागका निर्देशक बिष्णु न्याैपानेले बताए ।
तालिममा सहभागी पत्रकारहरुले नेपाल रेडक्रस साेसाइटीकाे पछिल्लो समय विपदका समयमा तत्काल उध्दार तथा राहतका लागि पुग्न नसकेको गुनासाे गरेका थिए । त्यस्तै रेडक्रस पनि सरकारी निकाय जस्तै प्रमुख जिल्ला अधिकारी र स्थानीय निकायकाे निर्देशन पर्खिने गरेकाे गुनासाे गरे । त्यसैगरी रेडक्रसले प्रदान गर्दै आएकाे मानिवीय सेवा प्रचार नहुदा ,पहुच नहुने र सामान्य नागरिकले रेडक्रसकाे सेवा प्राप्त गर्न नसकेकाे बताए थिए ।
नेपाल रेडक्रस साेसाइटीकाे।राष्ट्रिय प्रशिक्षण केन्द्र बनेपामा पाैष ७ गते देखि ९ गते सम्म संचालन भएकाे उक्त तालिमकाे सहजिकरण कृष्ण चन्द्र चालिसे, जगत नेपाल र लक्ष्मण दत्त पन्तले सहजिकरण गरेका थिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस