• काेसिस न्यूज
  • राजनारायण स्मृति भवन बनाउने


    रामेछाप – नेपाली कांग्रेस रामेछापले राजनारायण श्रेष्ठ स्वर्गीय भएकाे ४५ दिन पारेर आयाेजना गरेकाे श्रद्धाञ्जली सभामा बाेल्दै नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ कान्छारामले श्रेष्ठको संझनामा वडामा स्मृति भवन बनाउने बताए । बिहीबार स्वर्गीय श्रेष्ठको घर फुल्पामा भएकाे श्रद्धाञ्जली सभामा सभापति तामाङले श्रेष्ठको स्मृति भवन बनाउने बताएका हुन ।

    यसैगरी कार्यक्रममा सभापति तामाङले राजनारायणलाई संझिदै उनले राजनिती र सामाजिक रुपमा गरेकाे याेगदानकाे चर्चा गर्दै स्वर्गीय राजनारायणले जति पार्टीबाट सम्मान रामेछापका कसैले नपाएकाे समेत उल्लेख गरे । यसैबीच श्रेष्ठले राजनितीमा पुर्‍याएकाे अतुलनीय याेगदानकाे कदर गर्दै श्रेष्ठकी धर्मपत्नी रमिता श्रेष्ठलाई नेपाली कांग्रेस रामेछापकाे आमन्त्रित सदस्यमा मनाेनित समेत गरेकाे पत्र सभापति तामाङले हस्तान्तरण गरे ।

    श्रद्धाञ्जली सभामा स्वर्गीय श्रेष्ठका छाेरा कृष्ण श्रेष्ठले आफ्नाे बुबा राजनारायण श्रेष्ठ प्रति सम्मान गर्दै श्रद्धाञ्जली सभामा उपस्थित भएकाेमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

    कार्यक्रम नेपाली कांग्रेस रामेछापका पुर्व सभापति रामचन्द्र खड्काफे स्वर्गीय श्रेष्ठका बाकी आधा ,अधुरा याेजनाहरु पूरा गर्ने ऐक्यबद्धता व्यक्त गरे , त्यस्तै निवर्तमान सभापति एंव रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले स्वर्गीय श्रेष्ठ जे गर्दा पनि कसरी संगठनलाई बलियाे बनाउन सकिन्छ भनेर मात्र चिन्ता गरिरहने व्यक्ति भएकाे स्मरण गर्दै राजनारायणले छाडेर गएकाे खाकालाई परिवार र समाजले निरन्तरता दिनेमा विस्वास व्यक्त गरे ।

    यसैगरी श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य अर्जुनकुमार केसिले राजनारायणले पार्टी र समाजमा खेलेकाे भुमिका पार्टी र समाजले भुल्न नस्सक्ने बताउदै राजनारायणसँग भएका केही विशेष काम बाकी रहेकाे र उक्त काम समय आएसँगै पूरा गरेर राजनारायण प्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्ने बताए ।

    सभामा नेपाली कांग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्की, नवराज थाेकर , सचिव बिनाेद कार्की , महाधिवेशन प्रतिनिधि ध्रुवहरि ढुङ्गेल, गंगा अधिकारी , सल्लाहकार प्रमुख कृष्ण महत, जिल्ला सदस्य एंव जिल्ला समन्वय प्रमुख चिना खड्का ,पुर्व क्षेत्रीय सभापति झनक श्रेष्ठ, प्रदेश सभा ख का क्षेत्रिय सभापति राजेश कुमार श्रेष्ठ , तरुणदल रामेछाप सभापति एंव गाेकुलगंगा गाउँपालिका अध्यक्ष काजि बहादुर खड्का, (दिनेश)कांग्रेस नेता रामकृष्ण ढुङ्गेल,सम्पर्क समितिका कार्यबाहक सभापति प्रदिप बस्नेत र नेपाली कांग्रेस खाडादेवि ५ का सभापति बिराज श्रेष्ठ लगाएतले स्वर्गीय राजनारायण श्रेष्ठको याेगदानकाे चर्चा गर्दै श्रेष्ठ प्रति सच्चा श्रद्धाञ्जलीका लागि उनले देखाएकाे बाटाे हिड्दै उनले देखेकाे सपना पूरा गर्नुपर्ने बताए ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस