बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मूल्यवृद्धि र कलोबजारीलाई कडाईका साथ नियन्त्रण गर्न सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् । शुक्रबार कार्यवाहक प्रधानमन्त्री खड्काले पछिल्लो समय मूल्यवृद्धि सम्बन्धि जनगुनासो बढेको भन्दै कडाइका साथ बजार अनुगमन गर्न निर्देशन दिएकाे हो ।
बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य सामानको अभाव हुन नदिन, कलोबजारी तथा अस्वभाविक मूल्यवृद्धि रोक्न प्रभावकारी ढंगले अनुगमन आग्रह गरेका हुन् । नजिकै गरेकाे चाडपर्वका बेला उपभोक्ता कालोबजारी र महङ्गीको चपेटामा पर्न नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर नागरिकलाई राहतको अनुभुती हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
त्यसैगरी कार्यवाहक प्रधानमन्त्री खड्काले बजार अनुगमनमा दोषि देखिएकालाई के कारबाही भयो र के कति बजार अनुगमन भए भन्ने विषयमा जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध समेत मिलाउन सम्बन्धित अधिकारीलाई आग्रह गरे
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, निमित्त मुख्य सचिव, गृह सचिव, प्रधानमन्त्री कार्यलयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरु सहभागी भएका थिए
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस