पत्रकार महासंघ रामेछापद्वारा पत्रकार रजककाे परिवारलाई आर्थिक सहयोग
रामेछाप – राजावादीहरुकाे प्रदर्शनको क्रममा चेत्र २५ गते काठमाडौंको तीनकुनेमा भएकाे आगलागीमा परि ज्यान गुमाएका पत्रकार सुरेश रजककाे परिवारलाई नेपाल पत्रकार।महासंघ रामेछापले आर्थिक सहयोग उपलब्ध गराएकाे छ ।
प्रदर्शनकारीले तिनकुनेमा एक घरमा आगो लगाएर हत्या गरिएकाे पत्रकार रजकको परिवारलाई भेटेर साेमबार महासंघले ३० हजार नगद सहयोग उपलब्ध गराएकाे हाे ।
पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ, कोषाध्यक्ष युवराज श्रेष्ठ र पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले पत्रकार रजकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।
एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको परिवारलाई पत्रकार महासंघ रामेछाप शाखाको तर्फबाट ७ हजार २६९ रुपैयाँ र महासंघ रामेछापका सदस्यहरूबाट स्वक्षिक रूपमा सङ्कलन भएको २२ हजार ७३१ गरी ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस