पत्रकार महासंघ रामेछापद्वारा पत्रकार रजककाे परिवारलाई आर्थिक सहयोग
रामेछाप – राजावादीहरुकाे प्रदर्शनको क्रममा चेत्र २५ गते काठमाडौंको तीनकुनेमा भएकाे आगलागीमा परि ज्यान गुमाएका पत्रकार सुरेश रजककाे परिवारलाई नेपाल पत्रकार।महासंघ रामेछापले आर्थिक सहयोग उपलब्ध गराएकाे छ ।
प्रदर्शनकारीले तिनकुनेमा एक घरमा आगो लगाएर हत्या गरिएकाे पत्रकार रजकको परिवारलाई भेटेर साेमबार महासंघले ३० हजार नगद सहयोग उपलब्ध गराएकाे हाे ।
पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ, कोषाध्यक्ष युवराज श्रेष्ठ र पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले पत्रकार रजकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।
एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको परिवारलाई पत्रकार महासंघ रामेछाप शाखाको तर्फबाट ७ हजार २६९ रुपैयाँ र महासंघ रामेछापका सदस्यहरूबाट स्वक्षिक रूपमा सङ्कलन भएको २२ हजार ७३१ गरी ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस