मन्थलीमा सहकारी निर्देशिका सम्बन्धि अन्तरक्रिया
रामेछाप – राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) सम्बन्धि रामेछाप जिल्ला सहकारी संघ लिमिटेडले अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको छ ।
बुधबार रामेछाप सदरमुकाम मन्थलीमा सहकारी निर्देशिका।सम्बन्धि सहकारी संचालक तथ व्यवस्थापनहरसँग अन्तरक्रिया गरिएकाे हाे । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शम्भु पौडेलले हालै जारी निर्देशिका उल्लेखित व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए । उनले सहकारी संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने कानुनी तथा वित्तीय प्रक्रिया स्पष्ट गर्दै नयाँ निर्देशिका सहकारीको पारदर्शिता र वित्तीय अनुशासनलाई मजबुत बनाउने उद्देश्य रहेको बताए ।
कार्यक्रममा सहभागीहरु जारी निर्देशिकामा उल्लेखित धेरै प्रावधान कार्यान्वयन गर्न कठिन हुने धारणा राखेका थिए । उनीहरूले सहकारीहरूको भौगोलिक अवस्था, सदस्य संरचना र संस्थागत क्षमता फरक–फरक भएकाले एउटै ढाँचा सबैमा लागू गर्न चुनौतीपूर्ण हुने बताए । सहकारी क्षेत्रलाई अझ प्रभावकारी बनाउन प्राधिकरण,संघ र स्थानीय सहकारीबीच निरन्तर संवाद आवश्यक रहेको बताए
रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरिका ६० भन्दा बढी सहकारीका संचालक तथा व्यवस्थापकहरूको सहभागीता रहेको थियो ।
क्याटेगोरी : अर्थ, विविध, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस